Sexual Health

MISP-Facilitators Manual

Database Category:

Sexual Health


Publisher:

Ministry of Health & Population, Nepal Government


Published Date:

2071 B.S.


Level:

National


Summary

नेपाल सरकार गृह मन्त्रालयद्वारा मुलुकमा दैवी प्रकोप उद्धार ऐन, २०३९ अनुसार विपद् प्रतिकार्यका
क्रियाकलापहरु भइरहेको तथा विपद् व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६ अनुसार विपद् जोखिम
व्यवस्थापनका सवै चक्रहरुको सु–संचालन तथा समन्वय गर्न राष्ट्रिय स्तरको विपद्प्रतिकार्य योजना बनाई
विपद् जोखिम व्यवस्थापनमा संलग्न हुने सवै सरकारी तथा गैर–सरकारी निकायहरुको भूमिका सुनिश्चित
गर्नका लागि राष्ट्रिय विपद्प्रतिकार्यको कार्यढाँचा निर्माण गरिसकिएको छ ।

यसै सन्दर्भमा नेपालमा ठूलो विपद् परेको अवस्थामा प्रभावकारी र समन्वयात्मक रूपले राष्ट्रिय तहको
प्रतिकार्यका लागि दिशानिर्देश गर्नु, विपद्हुनुभन्दा अगाडि, भइरहेको समयमा र विपद्पश्चात्तुरुन्त गरिने
कार्य तथा जनधनको सुरक्षा, कानूनको पालना; विरामी, घाइते र जोखिममा परेका व्यक्तिको हेरचाह, जीवन
रक्षाका लागि आवश्यक पर्ने सामग्री प्रदान गर्ने र सार्वजनिक सम्पत्तिको संरक्षणका लागि गरिने कार्यहरुलाई
प्रभावकारी ढंगबाट संकटको समयमा यौन तथा प्रजनन् स्वास्थ्य सुधारकालागि न्यूनतम प्रारम्भिक सेवा
प्रदान गर्न सकियोस भन्नाका लागि यस संग सम्वन्धित सबै सरोकारवालाहरुलाई समन्वयात्मक रुपमा
संलग्न गराई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट यो
तालिम निर्देशिका तयार गरिएको छ ।